सिनेमा

बलिउड फिल्म ‘एनिमल’ सुटिङका लागि आउँदो महिना मुम्बई जाँदै विपिन, आइएमडीबीमा कास्टमा थपियो नाम

इकागज |
जेठ १७, २०७९ मंगलबार ९:४५ बजे

काठमाडौँ - अभिनेता विपिन कार्की भारतीय फिल्म ‘एनिमल’को सुटिङका लागि आउँदो महिना मुम्बई जाने तयारीमा छन् । हाल नेपाली फिल्म ‘के घर के डेरा’को सुटिङ गरिरहेका विपिनले यो फिल्मको सुटिङ सकिए लगत्तै मुम्बई जाने बताएका छन् । तर पहिलो यात्रा सुटिङका लागि नभएर पूर्व तयारीका लागि हुने उनको भनाइ छ । 
‘मेरो भागको सेड्युल त अगस्टतिर पर्छ भन्ने कुरा छ । तर अहिले त पहिलो चरणको भेटघाटका लागि जान लागेको हो । यो फिल्मको सुटिङ सकिए लगत्तै जान्छु होला,’ विपिनले भने । अहिले भने निर्देशकसँग ह्वाट्सएपमा कुरा भइरहेको उनले जानकारी गराएका छन् । 

‘हालसालै एउटा सिचुएसन र संवाद दिएर खिचेर पठाउन भनेका थिए । मैले पठाएँ । निर्देशकले रुचाएको प्रतिक्रिया पाएको छु,’ विपिनले भने ।रनवीर कपुर, रश्मिका मन्दाना, बबी देओल आदि बलिउड कलाकारको अभिनय रहने फिल्ममा विपिन पनि महत्वपूर्ण भूमिकामा रहनेछन् । निर्माण टिमले आइएमडीबी अकाउन्टमा उनको पनि नाम मुख्य कलाकारको रुपमा उल्लेख गरेका छन् ।


निर्माण टिमले खोलेको आइएडीबी अकाउन्टमा रनवीर कपुरसँगै कलाकारको रुपमा मुख्य कास्टको रुपमा अनिल कपुर, रश्मिका र बबी देओलसँगै विपिनको पनि नाम छ । विपिनले आफूले फिल्मको स्क्रिप्ट पाइसकेको र आफ्नो भूमिका दमदार रहेको पनि बताएका छन् । ‘अर्जुन रेड्डी’ निर्देशक सन्दिप रेड्डी भांगाको निर्देशन रहने फिल्म आउँदो वर्षको अगस्टमा प्रदर्शन हुने चर्चा छ । 


Author

थप समाचार
x