कबड्डी ४ कि नायिकाविरुद्ध प्रदर्शन, पोष्टर जलाइयो
काठमाडौँ - नेपाली चलचित्र कबड्डी ४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन गरिएको छ । नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै मंगलबार चाबहिलस्थित केएल टावरअगाडि प्रदर्शन गरिएको हो ।
उनीहरूले फिल्मको पोष्टरसमेत जलाएका छन् । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् ।
मिरुनाले आफूमाथि 'नराम्ररी छोएको' भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।
तस्बिर : अनुज बज्राचार्य
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया