‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने र मिरुनाले माफी माग्नुपर्ने भन्दै विकास बोर्डमा ज्ञापनपत्र
काठमाडौँ- ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले सिभिल मलमा फिल्म हेर्न गएका फुर्वा तामाङलाई अपाच्य र अभद्र व्यवहार गरेको र उनी निर्दोष भएको भन्दै मिरुनाले अविलम्ब माफी माग्नुपर्ने फुर्वा समर्थकले चलचित्र विकास बोर्ड चावहिलमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र त्यसो नगरेमा देशभर ‘कबड्डी ४’को प्रदर्शन रोक्न माग गरेका छन् ।
मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटी उनीहरूले अभद्र व्यवहार गर्ने कलाकारलाई भविष्यमा समेत कलाकारिताबाटै बहिष्कार गर्नुपर्ने माग पनि राखेका छन् । माग पूरा नभएमा देशभरनै फिल्मको प्रदर्शन रोक्नु पर्ने उनीहरूको माग रहेको छ ।
फुर्वा समर्थकले अभिनेत्री मिरुनाबाहेक बाँकी दुई युवकले पनि फुर्वामाथि कुटपिट गरेको र उनीहरूले समेत सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेका छन् ।
अभद्र व्यवहार आरोपमा पक्राउ परेका फुर्वालाई गुम्बाले कारबाही गरी गुम्बाबाट बाहिर निकाल्ने सम्भावना भएकाले चलचित्र विकास बोर्डले समेत उनको व्यवस्थापनका लागि भूमिका खेल्न आग्रह गरिएको छ ।
विकास बोर्डमा बुझाइएको मागपत्रमा हलमा दर्शकको सुरक्षाको ग्यारेन्टी गर्न पनि आग्रह गरिएको छ । सोमबार सिभिल मलमा दर्शकसँग अन्तक्र्रिया गर्न फिल्मको टिमसहित गएकी मिरुनाले आफूमाथि फुर्वा तामाङले दुव्र्यवहार गरेको भन्दै प्रहरी समक्ष मौखिक निवेदन दिएकी थिइन् । उनको मौखिक निवेदनको आधारमा प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा नियन्त्रणमा लिएको थियो । तर उनको पक्राउलाई लिएर बौद्ध क्षेत्रमा प्रदर्शन सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया