सिनेमा

जोनी डेप–एम्बर हर्ड विवादमा अदालतको फैसला :   जोनीभन्दा एम्बर धेरै दोषी

इकागज |
जेठ १९, २०७९ बिहीबार ११:२१ बजे

भर्जिनिया - एक अर्काविरुद्ध मानहानीको मुद्दा लगाएर ६वर्षदेखि अदालतमा लडिरहेका हलिउड कलाकार जोनी डेप र एम्बर हर्ड दुवैलाई अदालतले दोषी ठहर गरेको छ । कानुनी रुपमा एम्बर हर्डमाथि जोनी डेपले जितेको निर्णय भए पनि अदालतले उनले पनि एम्बर हर्डको प्रतिष्ठामाथि आँच पुर्याएको भन्दै जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डेपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनी डेपले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।


यो फैसलालाई जोनी डेप पक्षले जितको रुपमा अथ्र्याएको छ र डेपले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिएका छन् । उता एम्बर हर्डले भने अदालतको यो निर्णयले भविष्यमा अमेरिकामा कुनै पनि महिलाले आफूविरुद्धको हिसांमा बोल्ने बाटो बन्द गरेको प्रतिक्रिया दिएकी छिन् । एम्बरका वकिलले यो निर्णयमा पुनरावेदन गर्ने संकेत गरेका छन् ।

जोनी डेप र एम्बर हर्डको भेट हलिवुड चलचित्र ‘द रम डायरी९२०११०’को सेटमा भएको थियो । त्यसको केहि समय पछि, दुवैको भेट चलचित्र प्रोमोसन गर्ने क्रममा भएको थियो। सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे ।

तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जनि डेपसँग सम्बन्ध बिच्छेदका लागी निबेदन दिइन् । दुवैजनाले उनीहरुको सम्बन्ध अब नरहेको दाबी गरे। जोनी डेपले सम्बन्ध बिच्छेद पछि एम्बर हर्डलाइ ७ मिलियन डलर दिएका थिए, जुन राशि एम्बर हर्डले दान गर्न चाहेको बताएकी थिइन् । तर जोनीले एम्बरले वाचा गरेअनुरुप पैसा दान नदिएको दाबी गर्दै आएकी छिन् ।

सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।

यो पनि पढ्नुस् 


 


 


Author

थप समाचार
x