सिनेमा

म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

इकागज |
जेठ १९, २०७९ बिहीबार १२:१५ बजे

काठमाडौँ – म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेका छन् ।

च्यानल ह्याक पश्चात ह्याकरले टेस्ला लाइभ नाम राखेपनि कुनै अन्य प्रकारका भिडियो भने अपलोड भएको छैन् । च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ ।


म्युजिक नेपालको यो च्यानल नेपालको सबैभन्दा धेरै सब्स्क्राइवर भएको च्यानल हो ।


Author

थप समाचार
x