सिनेमा

चलचित्र संघमा वीरेन्द्रनारायण श्रेष्ठको नेतृत्व

इकागज |
जेठ २२, २०७९ आइतबार ११:२१ बजे

काठमाडौँ -  शनिबार सम्पन्न चलचित्रसम्बन्धी नेपालकै जेठो संस्था नेपाल चलचित्र संघले ४७ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको भेलाले सर्वसम्मत रुपमा वीरेन्द्रनारायण श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्ष चुनेको हो । भेलाले १५ थप सदस्यलाई पनि सर्वसम्मत रुपमा चुनेको छ । 

संघका सदस्यले सर्वसम्मत रुपमा कुबेर शर्मा, गोपाल काजी कायस्थ, नरेन्द्र महर्जन, ओम जैशी,कपिल द्वा, भाष्कर ढुङ्गाना, चैतन्य बराल, निरज कार्की,गोविन्द शाही, युवराज प्रसाई, प्रज्वल शम्सेर जबरा,सुरेन्द्र थापा, राजकुमार श्रेष्ठलाई सदस्यको रुपमा चुनेको हो । योबाहेक भेलाले  निरज गुप्तालाई पूर्वाञ्चल सभापति र केदार पराजुलीलाई पश्चिमाञ्चल सभापतिको चयन गरेको छ । नेपाल चलचित्र संघको विधानअनुसार अध्यक्षले बाँकी पदाधिकारी चयन गर्नेछन् । 


नेपाल चलचित्र संघले ६ महिना कार्यकाल बाँकी रहँदा नै  साधारण सभा गरेर नयाँ नेतृत्व छनौट गरेको हो । महासचिव अशोक शर्मा र बाँकी सदस्यको मत बाझेपछि संघले समय नसकिँदै साधारण सभा गरेको चर्चा छ । केही समयअघि अशोक शर्माले निर्माता र हलले ५०–५० प्रतिशत सेयर पाउने निर्णय भएको विज्ञप्ति जारी गरेका थिए । यसको भोलिपल्टै अध्यक्ष मधुसुदन प्रधानले त्यस्तो कुनै निर्णय नभएको भन्दै अर्को विज्ञप्ति जारी गरेका थिए । 


Author

थप समाचार
x