सिनेमा

असारमा बिहे गर्दै नीता र हरिहर

इकागज |
जेठ २३, २०७९ सोमबार ९:८ बजे

काठमाडौँ - तीन वर्षदेखि अफेयरमा रहेका अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीले असारमा बिहे गर्ने भएका छन् । अभिनेत्री नीताले केही अनलाइन मिडियासँगको कुराकानीमा आफूले विवाह गर्न लागेको स्वीकार गरेकी छिन् । उनले विवाहको मिति भने तय भइनसकेको जनाएकी छिन् । 

वीरगञ्जमा भएको एक कार्यक्रमका दौरान नजिकिएका नीता र हरिहरले अघिल्लो साल नै विवाह गर्ने चर्चा थियो । यसैबीचमा हरिहरका बुबाको निधन भएपछि उनीहरूको विवाह रोकिएको थियो । भर्खरै मात्र हरिहरको बुबाको वार्षिकी सकिएसँगै दुवै विवाहका लागि तयार भएका हुन् । 


विवाहपछि दुवैले ‘ह्रस्वदीर्घ’ नामको फिल्मसमेत निर्माण गर्दैछन् । दसैँपछि फ्लोरमा जाने यो फिल्ममा नीता र हरिहर हिरो हिरोइनको रुपमा देखिनेछन् । उनीहरूले फिल्मका लागि छायांकारदेखि कलाकारसम्म भारतका अनुबन्ध गरेका छन् । 


Author

थप समाचार
x