सिनेमा

फिल्म ‘प्रकाश’ले कलाकारितामा प्रकाश पारेको प्रदीपको स्वीकारोक्ति

इकागज |
जेठ २३, २०७९ सोमबार ९:३९ बजे

काठमाडौँ -  ‘प्रेमगीत’को सफलतापछि प्रदीप खड्का आफूलाई हिट फिल्मको फर्मुला थाहा भएको अनौपचारिक कुराकानीमा बताउँथे । यसका लागि  इमोसनदेखि कमेडीसम्म राख्ने समय मिलाउन सके फिल्म हिट हुने उनको तर्क हुन्थ्यो तर बीचका ‘लभ स्टेसन’ देखि ‘रोज’सम्म फ्लप भएपछि उनले यो फर्मुलाले काम नगर्ने महसुस गरे र अन्ततः ‘प्रकाश’ जस्तो फिल्म गर्ने निर्णय गरे । 

यो फिल्मको सेटिङ फरक थियो र फरक थियो चरित्र । जुम्लामा सुटिङ भएको यो फिल्मका लागि प्रदीपले जुम्लेली लवज पनि सिक्नु थियो । यो सबै गरेको मेहनत टिजरमा सार्वजनिक भएपछि प्रदीपले चौतर्फी चर्चा पाए । यसलाई उनले कमाइको रुपमा व्याख्या गर्दै ‘प्रकाश’मा काम गर्दा कला र कलाकारितालाई हेर्ने नजरमा नै परिवर्तन आएको बताएका छन् । 


'एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै, पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले, मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौँ दिनहरु बिताएको छु। सोही क्रममा एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु,'उनले लेखेका छन् । प्रदीपको यो फिल्म भदौ १० मा प्रदर्शन हुँदैछ । 


Author

थप समाचार
x