सिनेमा

‘आरआरआर’ बन्यो नेटफ्लिक्समा सर्वाधिक हेरिने गैर अंग्रेजी फिल्म

इकागज |
जेठ २७, २०७९ शुक्रबार १२:४७ बजे

मुम्बई -बक्स अफिसमा पैसा छापेको एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले डिजिटल प्लेटफर्ममा पनि उत्तिकै दर्शक पाएको छ । मेको अन्तिम हप्ता नेटफ्लिक्समा सार्वजनिक भएको फिल्मको हिन्दी संस्करणले एक हप्तामा १ करोड ८३ लाख ६० हजार घन्टा हेरिएको थियो जसलाई नेटफ्लिक्सले गैर अंगे्रेजी भाषाका फिल्ममा रेकर्ड रहेको जनाएको छ ।

यो फिल्म  प्रान्तीय भाषामा जी फाइभ मार्फत सार्वजनिक भएको थियो भने हिन्दी अधिकार नेटफ्लिक्सले लिएको थियो । ब्रिटिशकालीन दुई स्वतन्त्रता सेनानीको कथा प्रस्तुत गर्ने फिल्ममा जुनियर एनटीआर र रामचरणले सेनानीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा छन् । 
जुन १ देखि यो फिल्म अमेरिकाका हलमा पनि प्रदर्शन भइरहेको छ । अमेरिकामा सय भन्दा बढी हलमा रिलिज भएको फिल्मले त्यहाँ पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । 



Author

थप समाचार
x