रोटन टमाटोमा ‘एभेन्जर एन्डगेम’लाई भन्दा ‘आरआरआर’लाई ज्यादा रेटिङ
मुम्बई - विश्वभरबाट १२ सय करोडभन्दा ज्यादा कमाइ गरेको ‘आरआरआर’ले नयाँ नयाँ रेकर्ड राख्ने क्रममा रोटन टमाटोमा पनि नयाँ रेकर्ड कायम गरेको छ । फिल्म रेटिङ साइट रोटन टमाटोमा यो फिल्मले ‘एभेन्जर एन्डगेम’लाई पनि रेटिङमा उछिनेको छ । यो फिल्मलाई साइटले सन् २०२२ को उत्कृष्ट फिल्मको सूचीमा पनि समावेश गरेको छ ।
४६ वटा समीक्षाका आधारमा यो फिल्मले ९१ प्रतिशत रेटिङ पाएको छ । दर्शकले यो फिल्मलाई ९४ प्रतिशत रेटिङ दिएका छन् । ‘एभेन्जर एन्डगेम’ले दर्शकबाट ९० प्रतिशत रेटिङ पाएको थियो ।
हलसँगै नेटफ्लिक्समा दुई हप्ताअघि सार्वजनिक भएको फिल्मले पहिलो हप्ता गैर अंग्रेजी फिल्ममा सर्वाधिक हेरिने फिल्मको रेकर्ड कायम गरेको थियो । दोस्रो हप्ता पनि यो फिल्म विश्वका ५७ वटा देशमा टप टेनमा सामेल रहेको थियो । दोहोर्याएर अमेरिकामा रिलिज भएको फिल्मले प्रशस्त अमेरिकी दर्शक पाइरहेको समाचार आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया