‘काठमाडौं सर्ट फिल्म फेस्टा’ले माग्यो लघु फिल्म तथा वृत्तचित्र
काठमाडौँ - छायाँछवि क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आवेदन खुलेको ५ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म फिल्म दर्ता गर्न आयोजक संस्था छायाँछविले सूचना जारी गरेको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रले भाग लिन पाउने छन् ।
छोटा चलचित्र एवं छोटा वृत्तचित्रको अवधि २ मिनट देखि ५९ मिनट भित्रको हुनुपर्नेछ । नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।
नेपाली छोटा वृत्तचित्र एवं चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिन पर्छ भन्ने पनि फेस्टाको उद्येश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई पुरस्कृत गरिन लागेको आयोजकको दाबी रहेको छ ।
फेस्टामा सहभागी चलचित्रलाई बेस्ट सर्ट फिल्म (फिक्सन), बेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेस्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदि विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
यी मध्ये बेस्ट सर्ट फिल्म (फिक्सन) र बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया