टिजरसहित नेटफ्लिक्सले घोषणा गर्यो ‘स्क्विड गेम’को दोस्रो सिजन
लसएन्जल्स - अघिल्लो वर्षको सेन्सेनल हिट सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन बन्ने भएको छ । निर्माता नेटफ्लिक्सले आइतबार सांकेतिक टिजर सार्वजनिक गर्दै दोस्रो भाग आउन लागेको जनाउ दिएको हो । योसँगै भिडियो सन्देश जारी गर्दै सिरिजका कार्यकारी निर्माता वाङ डोङ ह्युकले कुन चरित्र सिरिजमा फर्कने र को नफर्कने संकेत गरेका छन् ।
‘स्क्विड गेमको पहिलो सिजन बजारमा ल्याउन १२ वर्ष लागेको थियो । तर नेटफ्क्लिसमा सबैभन्दा बढी हेरिने सिरिज बन्न यसलाई १२ दिन पनि लागेन,’ वाङले भनेका छन्, ‘लेखक, निर्देशक र निर्माताको रुपमा म दर्शकलाई धन्यवाद भन्न चाहान्छु । हाम्रो सिरिज हेरेर मन पराइदिनुभएकोमा धन्यवाद ।’ वाङले भिडियो सन्देशमा सिरिजको दोस्रो भागको कथा कसरी अगाडि बढ्छ भन्ने पनि संकेत गरेका छन् ।
वाङका अनुसार सिरिजका हिरो र भिलेन दुवै दोस्रो सिरिजमा पनि देखिनेछन् । सिरिजको दोस्रो भाग सन् २०२३को अन्त्य अथवा २०२४को सुरुवातमा आउनेछ । थुप्रै अवार्ड जितेको यो सिरिजलाई जुलाई १२ मा हुने एम्मी अवार्डका लागि पनि प्रमुख दाबेदार मानिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया