सिनेमा

सिक्किम सरकारले रोक्यो ‘कबड्डी ४’ प्रदर्शन, निर्माताको १ करोड जोखिममा

इकागज |
जेठ ३१, २०७९ मंगलबार १३:५६ बजे

काठमाठौँ - सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४’को राज्यमा गर्न नदिने निर्णय गरेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्ट्याटस लेख्दै विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेको बताएका छन् । 

‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य सरकारले विवादको चित्त बुझ्दो समाधान नभएसम्म फिल्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ मुख्यमन्त्रीले गोलेले लेखेका छन् ।


काठमाडौँको सिभिल मलमा गुम्बा बसेका लामाले फिल्मकी अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै मिरुनाको मौखिक उजुरीमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । लामा पक्राउको चौतफी विरोध भएपछि प्रहरीले लामालाई छाड्नुका अलावा दुवै पक्षले एकअर्कासँग माफी मागेर विवाद टुंगिएको घोषणा गरिएको थियो । तर बाँकी लामाहरूले फिल्मको टिम र आरोपित लामाबीच भएको सहमतिमा सन्तुष्टि जनाएका थिएनन् ।

विवाद साम्य नभएपछि सिक्किममा पनि फिल्म प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै राज्य सरकारको ध्यानाकर्षण गराएका थिए । यही निवेदनका आधारमा राज्य सरकारले फिल्म रोक्ने निर्णय गरेको हो ।योसँगै निर्माताको १ करोड बढी रकम जोखिममा परेको छ ।

भारतभर प्रर्दशनका लागि त्यहाँका निर्माताले १ करोड ३० लाख रकम फिल्मका निर्मातालाई तिरेको बताइएको छ । तेस्रो हप्तामा चलिरहेको फिल्मको प्रदर्शन रोक्नुपर्ने भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी परेको थियो । 


Author

थप समाचार
x