जुरीले खोले जोनीसँग एम्बरले मुद्दा हार्नुको रहस्य : उनका गोहीका आँशुले हामीलाई वाक्क बनायो
लसएन्जल्स - हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डको मानहानीको मुद्दा एम्बरलाई हराउँदै छिनोफानो भयो तर यसको तरंग भने अझै सेलाएको छैन । जोनी डेप र एम्बर हर्डको मुद्दा छिनोफानो गर्न बसेका एक जुररले एक अन्तर्वार्तामा एम्बरले हार्नुका कारण बताएपछि यो प्रसंग पुनः एक पटक तातेको छ । ५ जना जुररमध्ये एक जनाले ‘गुड मर्निङ अमेरिका’मा अन्तर्वार्ता दिँदै एम्बर हर्डले गोही आँशु चुहाउँदै नाटक गरेको महसुस भएपछि उनको दाबीमा शंका लागेको बताएका छन् ।
‘हामीलाई हेर्दै रुँदा उनले देखाउने भाव भंगिमाले हामी असजिलो महसुस गथ्र्यौँ,’उनले भनेका छन्, ‘उनी एउटा कुराको उत्तर पूरा नगर्दै रुन थाल्थिन् । र क्षणभरपछि वाक्यै नफुटाउने । हामीलाई उनका आँशु गोहीका जस्ता लागे ।’
ट्रायलको अन्तिम दिन जोनी डेपले बोलेको कुराले पनि आफूहरूलाई जोनीको पक्षमा फैसला दिन सजिलो भएको उनको भनाइ थियो । एम्बर हर्ड र उनको टिमले न्यायाधीशले फेसबुक र टिकटकमा जोनी डेपको पक्षमा चलाइएका अभियान हेरेर फैसला गरेको पनि आरोप लगाएका थिए । तर जुररले ट्रायलमा बसेका कसैले पनि बाहिरको कुरा सुनेर फैसला नगरेको जिकिर गरेका थिए । ‘ हामीले टिकटक र फेसबुक केही पनि चलाउँदैनौँ । हामीले प्राप्त प्रमाणकै आधारमा फैसला गरेका हौँ,’ उनको जवाफ थियो ।
ती जुररले एम्बर हर्डले ढाँटेका प्रमाणले पनि उनले दाबी गरिरहेका कुरामा सत्यता छैन भन्ने कुरामा बल पुर्याएको बताएका थिए । एम्बरले डिभोर्सपछि पाएको केही पैसा दान गर्छु भनेर अन्तर्वाता दिए पनि वाचा गरेअनुरुप सो पैसा दिएकी थिइनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया