सिनेमा

कंगनाको ‘धाकड’को बेहाल : बजेट ८५ करोड, कमाइ साढे दुई करोड

इकागज |
असार ५, २०७९ आइतबार १७:१४ बजे

मुम्बई-  विवादले सधैँ फाइदा गर्दैन भन्ने कुराको प्रमाण बलिउडमा कंगना रनावत बनेकी छिन् । सहकर्मी कलाकारमाथि तिललाई पहाड बनाएर झम्टने आरोप खेप्ने गरेकी कंगनाले यो काममा आम मानिसबाट सामाजिक सञ्जालमा साथ पाए पनि हलमा भने यिनले धोका दिन थालेका छन् ।

दिनप्रतिदिन कंगनाका फिल्म हेर्ने दर्शक घट्दै गएको व्यापार विश्लेषकको विश्लेषण छ । यसको ताजा उदाहरण बनेको छ कंगनाको ताजा रिलिज ‘धाकड’ । ८५ करोडको लागतमा बनेको यो फिल्मले जम्मा २ करोड ५८ लाख कमाइ गरेको समाचार छ । 


मे २० मा कार्तिक आर्यनको ‘भूलभूलैया २’सँग रिलिज भएको फिल्मले पहिलो दिनदेखि नै दर्शक पाएको थिएन । रिलिजको दोस्रो दिनदेखि नै दर्शक नभएर सोजहरू क्यान्सिल भएका समाचार आएका थिए । यो फिल्मले स्याटालाइट र डिजिटल अधिकार पनि बेच्न पाएको थिएन ।

बढी मूल्य पाउने लोभमा रिलिज पछि बेच्न खोजेका निर्माता फिल्म फ्लप भएपछि क्रेता नपाएर जिल्ल परेका थिए । कंगनाको पछिल्लो हिट फिल्म ‘तनु वेड्स मनु रिटर्न’ थियो । त्यसपछि कंगना आफैँले निर्देशन गरेको ‘मनिकर्णिका’ले औसत व्यापार गरेपनि त्यसयता रिलिज कुनै पनि फिल्मले राम्रो व्यापार गरेका छैनन् । 


Author

थप समाचार
x