‘जुग जुग जियो’लाई स्क्रिप्ट चोरीको आरोप, हलअघि अदालतमा देखाउनु पर्ने
मुम्बई - आउँदो हप्ता प्रदर्शन हुन लागेको चलचित्र ‘जुग जुग जियो’लाई चोरीको आरोप लागेको छ । राँचीका बिशाल ए सिंहले धर्मा प्रोडक्सनले आफ्नो स्क्रिप्ट चोरी गरेको भन्दै राँची अदालतमा मुद्दा दायर गरेका छन् । उनले ट्वीटरमा धर्मालाई पठाएको मेलको स्क्रिनसट पनि राखेका छन् ।
आफ्नो अनुमतिविना आफ्नो कथामा फिल्म बनाएको भन्दै उनले अदालतमा उजुरी गरेपछि अदालतले फिल्म हेर्न चाहेको समाचार छ । अदालतले बिशालको दाबी अनुसार फिल्म बनेको नबनेको निक्र्यौल गरेर मात्र फिल्म प्रदर्शनका लागि अनुमति दिनेछ । सम्बन्ध विच्छेदको संघारमा रहेका दुई पुस्ताको कथा प्रस्तुत गर्ने फिल्ममा अनिल कपुर, नितु कपुर, बरुण धवन र कियारा आडवानीको मुख्य भूमिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया