सिनेमा

चलचित्र संघमा वीरेन्द्रनारायण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

इकागज |
असार १४, २०७९ मंगलबार ११:१८ बजे

काठमाडौँ - हल संचालक तथा वितरकको संस्था नेपाल चलचित्र संघले कार्य समिति चयनलाई पूर्णता दिएको छ । सोमबार चलचित्र संघले अध्यक्षबाहेकका पदाधिकारी तथा सदस्यको टुंगो लगाउँदै कार्यसमितिलाई पूर्णता दिएको हो । जेठ २१ गते भएको साधारण सभाले वीरेन्द्र नारायण श्रेष्ठलाई अध्यक्ष तोकेको थियो । अध्यक्षबाहेक बाँकी सदस्य चयन गर्ने र यसरी छानिएका सदस्यलाई पदाधिकारीमा नियुक्त गर्ने विधानको नियम रहेको छ । 

सोमबार अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले  प्रथम उपाध्यक्ष कुबेर शर्मा, द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भाष्कर ढुंगानालाई चयन गरेको छ  । संघका पूर्व अध्यक्ष महासचिव नरेन्द्र महर्जनलाई छानिएका ।


त्यसै गरी उप–महासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिल द्वा चयन भएका छन् । संघको  कार्यसमिति सदस्यमा मिजास पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई, प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् । त्यस्तैगरी पुर्वान्चल सभापतिमा निरज गुप्ता,पश्चिमाञ्चल सभापतिमा केदार प्रसाद पराजुली चयन भएका छन् ।

सोमबार नै बसेको बैठकले उपत्यका समितिको सभापति सुरेन्द्र कुमार थापालाई चयन गरेको छ भने उपसभापतिमा दुर्गालाल प्रधान, सचिव सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट चयन गरिएको छ । त्यसै गरी प्रदर्शन सभापतिको जिम्मेवारी प्रज्वल शमशेर जबरा र वितरण सभापति गोविन्द बहादुर शाही तोकिएको छ भने कार्य समितिमा संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान पदेन सदस्यका रुपमा रहेका छन् । संघले सल्लाहकारमा राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदिप कुमार उदय र अर्जुन श्रेष्ठलाई मनोनयन गरेको छ ।


Author

थप समाचार
x