जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ कात्तिक २५ मा
काठमाडौँ - निर्माण सकिएका फिल्मले धमाधम प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यही क्रममा गत चैतमा सुटिङ सकिएको फिल्म ‘ह्यारी कि प्यारी’ले पनि प्रदर्शन मिति तोकेको छ ।
निर्माण समूहले बिहीबार पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माताका अनुसार यो फिल्म कात्तिक २५ मा प्रदर्शन हुनेछ । नेपालको वैवाहिक परम्पराको सेरोफेरोमा बनेको फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । फिल्म विजय बराल पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्मको एक गीतमा रेखा थापाले नृत्य गरेकी छिन् ।
यो फिल्मलाई कपिल रिजालले निर्देशन गरेका हुन् । बेलायतमा बसोबास गर्ने गरेका कपिल रिजाल गीतकार तथा चिकित्सक भोला रिजालका छोरा हुन् । सार्वजनिक पोस्टरमा साम्राज्ञी दुलहीको भेषमा छिन् भने जितु नेपाली ढाकाटोपीमा पन्चेबाजा बजाइरहेका छन् । हाल यो फिल्मको पोस्ट प्रडक्सनको काम भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया