सिनेमा

दुलाहा-दुलही बन्दा यस्ता देखिए नीता र हरिहर

इकागज |
असार २४, २०७९ शुक्रबार १३:४१ बजे

काठमाडौँ -  अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारी वैवाहिक जीवन सुरु गरेका छन् । शुक्रबार याक एन्ड यतिमा दुवैको वैवाहिक समारोह चलिरहेको छ ।
४ वर्ष पुरानो प्रेमलाई दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । विवाहपछि दुवै एउटै फिल्ममा सँगै देखिने तयारी गरिरहेका छन् ।

दक्षिण भारतीय कलाकारको टोलीसहित उनीहरूले ‘ह्रस्व दीर्घ’शीर्षकमा फिल्म बनाउने घोषणा गरेका छन् । विवाह अघि उनीहरूले फिल्मको शुभ मुहूर्त गरेका थिए । विवाहको सार्वजनिक तस्बिरमा हरिहर ढाकाको दौरा सुरुवालमा सजिएका छन् भने नीताले वैजनी रङको लेहेंगा लगाएकी छिन् । 


तस्बिर : टौवा इभेन्ट्स


 


Author

थप समाचार
x