सिनेमा

‘पानीफोटो’ ट्रेलर : सशस्त्र द्वन्द्व सम्झाउने अर्को कथा

इकागज |
असार २८, २०७९ मंगलबार १७:२२ बजे

काठमाडौँ-  साउन १३ मा प्रदर्शन हुने घोषणा गरेको फिल्म ‘पानीफोटो’को ट्रेलर  सार्वजनिक भएको छ । पौने तीन मिनेट लामो ट्रेलरमा सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोजिरहेका बाबुआमाको कथा प्रस्तुत गरिएको छ । 

माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्म नाट्य रुपान्तरण हो । १२ वर्षपहिले गुरुकुलमा मञ्चन भएको नाटकलाई खगेन्द्र लामिछानेले फिल्ममा रुपान्तरण गरेका हुन् । खगेन्द्रकै लेखनसँगै निर्देशन पनि रहेको फिल्ममा खगेन्द्र लामिछानेले अभिनय पनि गरेका छन् । नाटकले द्वन्द्वमा बेपत्ता छोराको खोजीमा रहेका बाबु आमाको कथा कथा प्रस्तुत गरेको थियो ।


मंगलबार सार्वजनिक ट्रेलरले कथाको यही भावलाई संवाद र दृश्यमार्फत पस्किएको छ । ट्रेलरमा अनुप बराल र मेनुका प्रधानबाहेक प्रकाश घिमिरे, माओत्से गुरुङ, मलिका महत र खगेन्द्र लामिछानेको पनि झलक देख्न सकिन्छ । रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गरेको फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने सम्पादन रहेको छ निमेष श्रेष्ठको । 

 


Author

थप समाचार
x