सिनेमा

नटालियालाई किस गर्न मासु छाड्ने क्रिस

इकागज |
असार ३१, २०७९ शुक्रबार १४:१८ बजे

लसएन्जल्स - मार्भलको नयाँ फिल्म ‘थोरः लभ एन्ड थन्डर’ले औसत समीक्षा पाए पनि अमेरिकाको बक्स अफिसमा भने यो फिल्मले कुस्त पैसा कमाइरहेको छ । कमाइको मामलामा दोस्रो हप्तामा पनि यो फिल्म एक नम्बरमा छ । 

यसरी फिल्म चलिरहँदा फिल्मकी अभिनेत्री नटालिया पोर्टमेनले कोएक्टर क्रिस हेम्सवर्थसँगको रमाइलो किस्सा सुनाएकी थिइन् । सो किस्सा हो किसको । 
कथाअनुसार फिल्मको एक दृश्यमा क्रिसले नटालियालाई चुम्बन गर्नुपर्ने दृश्य थियो । क्रिसले नटालियाको मर्म बुझ्दै सो दिन माछा मासु केही पनि खाएनन् । उनले त्यो दृश्यको सुटिङअघि माछा मासु छाड्ने कारण थियो, नटालिया भेगन हुनु । 


नटालिया पोर्टमेन शाकाहारी हुन् । यही कुरा थाहा पाएका क्रिसले माछामासु खाएको मुखले किस गर्दा नटालियालाई नमज्जा लाग्ने ठानेर उनले सो दिन माछामासुको संसर्ग नै गरेनन् । नत्र भने नटालियाका अनुसार क्रिस सेटमा हरेक आधा घन्टामा मासु मगाएर खान्थे । 

नटालियाले आफूलाई मासु खाएर त्यो दृश्य सुटिङ गर्न कुनै आपत्ति नभए पनि क्रिसले मर्म बुझेकोमा खुसी लागेको बताएकी छिन् । ‘क्रिस असल मानिस रहेछन्,’ रिलिजको प्रचारका क्रममा उनले क्रिसको तारिफ गर्दै भनेकी थिइन् । 
जुलाई ८ मा रिलिज भएको फिल्मले ३ सय करोड अमेरिकी डलर कमाइ गरिसकेको छ । 


Author

थप समाचार
x