मनीषा र कार्तिकको ‘शाहजादा’ अर्को सालको फागुनमा
मुम्बई - कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘शाहजादा’ अर्को वर्ष प्रदर्शनमा आउने भएको छ । फिल्ममा मनीषा कोइराला पनि महत्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनीषाले तब्बुले निर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ ।
अल्लु अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमलु’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो । फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनीषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् ।
लामो समय नेपाल बसेर मुम्बई फर्किएकी मनीषाले केही दिनअघि मात्र मुम्बईमा ‘हिरामण्डी’को सुटिङ सेट ज्वाइन गरेकी छिन् । उनले निर्देशक सञ्जय लीला भन्साली र मुमताजसँगको फोटो राख्दै आफूले लिजेन्डसँग काम गर्न लागेको बताएकी थिइन् । सञ्जय लीला भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’मा मनीषाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।
‘शाहजादा’ बलिउडको मेनस्ट्रिम सिनेमामा मनीषाको महत्वपूर्ण कमब्याक हो । केही वर्षपहिले रनवीर कपुरको आमाको भूमिकामा ‘सञ्जु’मा अभिनय गरेपछि मनीषा कुनै ठूलो बलिउड फिल्ममा देखिएकी थिइनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया