सिनेमा

‘कबड्डी ४’ : कमाइमा रेकर्ड, प्रदर्शनमा पनि रेकर्ड

इकागज |
साउन १, २०७९ आइतबार ११:१३ बजे

काठमाडौँ - हलमा ऐतिहासिक संख्यामा दर्शक बटुलेको ‘कबड्डी ४’ले हलमा प्रदर्शनको पनि रेकर्ड राखेको छ । फिल्मले ५१ दिन चल्ने दुर्लभ रेकर्ड पनि राखेको छ । महामारीअघि ‘छक्का पञ्जा’का सिरिजले ५१ दिन चल्ने रेकर्ड कायम गरेका थिए । तर महामारीपछि ५१ दिन चल्ने कीर्तिमान ‘कबड्डी ४’ले राखेको हो । 
फिल्म अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ । 

फिल्मले बक्स अफिसमा पनि नयाँ कीर्तिमान कायम गरेको छ । वितरकहरूले अनौपचारिक रुपमा उपलब्ध गराएको तथ्यांकअनुसार फिल्मले २३ करोड हाराहारी ग्रस गरेको छ । 


‘कबड्डी ४’ले डायस्पोराका बजारमा पनि अभूतपूर्व कमाइ गरेको आँकडा छन् । फिल्मले अष्ट्रेलियाबाट मात्र ५ करोड हाराहारी व्यापार गरेको र जापानमा पनि १ करोड हाराहारीको व्यापार गरेको बताइएको छ । तर निर्माताले डायस्पोरामा फिल्म ‘फिक्स’मा बेच्ने हुनाले यो अंक निर्माताको भागमा भने पर्दैन ।

तर ‘कबड्डी ४’ले महामारीका कारण मृतप्रायः रहेको डायस्पोराको बजारलाई जीवित तुल्याएको छ । यही कारण रिलिजको संघारमा रहेका फिल्मले डायस्पोरामा धेरथोर क्रेता भेटेका छन् । फिल्मले भारतको बजारबाट पनि ४ करोड हाराहारी व्यापार गरेको अनुमान छ । 
 


Author

थप समाचार
x