सिनेमा

सूर्यविनायकमा पूजा गर्दै दीपक–दीपाले घोषणा गरे ‘छक्का पञ्जा ४’

इकागज |
साउन ९, २०७९ सोमबार १०:५२ बजे

काठमाडौँ -अनेकथरि नाम मिडियामा आए पनि अन्ततः दीपक राज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा ४’ नाममै नयाँ फिल्म घोषणा गरेको छ । सूर्यविनायकमा सोमवार पूजाआजा गर्दै निर्माण टिमले फिल्मको नाम र कलाकारको नाम औपचारिक रुपमा घोषणा गरेको हो । फिल्ममा निर्देशक र केही कलाकार परिवर्तन भएका छन् ।

‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यसअघिका तीनै शृंखला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । योबाहेक फिल्मबाट निर्माताको टिम पनि अलग्गिएको छ । यसअघि फिल्ममा साझेदार रहँदै आएका सुमन गिरी र निशान बजगार्इँ यो फिल्मको निर्माण समूहबाट अलग भएका छन् । उनीहरूले जितु नेपालसँग मिलेर फिल्म निर्माण गर्ने तयारी गरिरहेका छन् । 


यसैगरी यो फिल्मबाट राज आचार्यले डेब्यू गर्दैछन् । भर्खरै विवाह गरेका राजले तीतो सत्यमा दीपक–दीपाको छोराको भूमिकामा अभिनय गर्ने गरेका थिए । सिए पास गरेका उनको यो प्रौढ भूमिकामा डेब्यू हो । फिल्ममा दुई अभिनेत्री रहने कुरा यसअघि नै सार्वजनिक भइसकेको थियो । फिल्मको यो शृंखलामा यसपटक मलिना जोशी र बेनिशा हमाल थपिएका छन् । 


Author

थप समाचार
x