नेपालमा सुटिङ गरिएको बलिउड फिल्म ‘उचाइ’ नोभेम्बर ११ मा हलमा
काठमाडौँ - काठमाडौँदेखि सगरमाथाको फेद नाम्चेसम्म सुटिङ गरिएको बलिउड फिल्म नोभेम्बर ११ मा हलमा रिलिज हुने भएको छ । बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेको फिल्मलाई सुरज बाडजात्याले निर्देशन गरेका हुन् ।
नेपाली प्रेमिका भेट्न भारतबाट नेपालको यात्रा गर्ने चार साथीको कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, डेनी डेङ्जोपा र सारिकाको मुख्य भूमिका रहेको छ । सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी हुन् जसलाई भेट्न अमिताभ बच्चन, वोमन इरानी, अनुपम खेर र डेनीले नेपालको यात्रा गर्छन् ।
नेपालमा हुने सुटिङका लागि अनुपम खेर र वोमन इरानी आएका भए पनि अमिताभ बच्चन र डेनीले मुम्बईमा नै निर्माण गरिएको सेटमा अभिनय गरेका थिए । उनीहरूको काम डुप्लिकेट राखेर पूरा गरिएको थियो । फिल्ममा परिनीति चोपडा र नीना गुप्ताको पनि अभिनय रहेको छ ।
राजश्री प्रडक्सनले निर्माण गरेको फिल्मको नेपालमा महिना दिन हाराहारी सुटिङ गरिएको थियो । मुम्बईमा गरिएको दोस्रो स्ड्युलमा नेपालका कलाकारले पनि अभिनय गरेका थिए । मुम्बईको सेटमा खिचिएको गीतमा चार कलाकारले नेपाली टोपी लगाएर नाचेको दृश्य मिडियामा चर्चाको विषय बनेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया