सिनेमा

दीपक भन्छन् : बक्स अफिसमा हैन दर्शकको मनमा रेकर्ड राख्न चाहान्छौँ

इकागज |
साउन १०, २०७९ मंगलबार १०:३० बजे

काठमाडौँ -  ‘कबड्डी ४’ले बक्स अफिसमा २३ करोड हाराहारी ग्रस गरेपछि यो फिल्मले ‘छक्का पञ्जा’को रेकर्ड तोडेका समाचार आए । यो समाचारले दीपक राज गिरीलाई खुसी बनाएन । उनले फेसबुकमा स्ट्याट्स लेखेर नै यो खबर गलत भएको आसय पोखे । त्यसयता पनि  ‘कबड्डी ४’ले बक्स अफिसमा थप अंक जोडिसकेको छ र निर्विवाद रुपमा ‘कबड्डी ४’ नेपाली फिल्ममा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । 

दीपक राज गिरीको यो गुनासो सम्झेर बसेका पत्रकारले सोमबार भएको ‘छक्का पञ्जा’को औपचारिक घोषणा कार्यक्रममा यही रेकर्डको प्रसंग निकाल्दा भने दीपक राज गिरीले बडो भलाद्मी उत्तर दिए । पत्रकारले उनलाई ‘तपाईँले कबड्डी ४ को रेकर्ड तोड्न छक्का पञ्जा नाम राख्नु भएको हो ?’ भनी सोध्दा दीपक राज गिरीले बक्स अफिस रेकर्ड राख्न नभई दर्शकमा मनमा बस्न चलचित्र बनाएको उत्तर दिएका थिए । ‘बक्स अफिसभन्दा पनि दर्शकको मनमा हाम्रो रेकर्ड रहोस् भन्ने हो । हामीले कहिले बक्स अफिसको चिन्ता गरेकै छैनौँ ,’ उनको जवाफ थियो । 


केही दिनअघिसम्म पनि यो फिल्म ‘श्री माग्ने राजा’को रुपमा बन्ने चर्चा थियो । तर अन्तिम समयमा आएर फिल्मको नाम ‘छक्का पञ्जा ४’ राखिएको हो । मिडियाका अघि आफूलाई रेकर्डको मतलब नभएको बताउँदै आए पनि फेसबुकमा भने आफ्नो फिल्मको रेकर्ड कसैले नतोडेको दाबी गर्ने गरेका थिए । 


Author

थप समाचार
x