सिनेमा

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

इकागज |
साउन ११, २०७९ बुधबार १८:१० बजे

काठमाडाैँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका केसीले यस्तो बताएका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको भनाइ राखे । 


उनले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गरे । आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिबद्धता जनाए ।

अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाँचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए ।
 


Author

थप समाचार
x