सिनेमा

रोमानियामा ‘वर’ विकेकसँग रोमान्टिक आँचल

इकागज |
साउन १२, २०७९ बिहीबार ११:३७ बजे

काठमाडौँ - नायिका आँचल शर्मा विगत केही हप्तादेखि रोमानियामा छिन् । रोमानियामा चलचित्र ‘वर एन्ड वधु’को छायांकनका लागि रहेकी आँचल त्यहाँको राष्ट्रिय टेलिभिजनमा समेत चर्चामा छिन् । टेलिभिजनमा चलचित्रको छायांकनको रिपोर्ट प्रसारण गरिएको थियो । साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टीभीमा अन्तर्वार्तासमेत दिएकी थिइन् ।


यसैबीच, चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।

चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे । सुदिप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । 


Author

थप समाचार
x