महादेवलाई लिएर माग्नेबूढाले माफी मागे, सामाजिक सञ्जालबाट हटाइयो विवादित दृश्य
काठमाडौँ - ‘कमेडी हब’का निर्देशक केदार घिमिरेले हिन्दू धर्मावलम्बीलाई चोट पुगेको भन्दै कमेडी हबमा रहेको महादेवसम्बन्धी दृश्य हटाएको जानकारी गराएका छन् । महादेवलाई गलत तरिकारले प्रस्तुत गरेको भन्दै विरोध भएपछि केदार घिमिरे (माग्ने बूढा)ले अन्जानमै आफूबाट त्रुटी भएको भन्दै माफी मागेका छन् । उनले सो दृश्य सबै सामाजिक सञ्जालबाट हटाइएको पनि जानकारी गराएका छन् ।
आइतबार युट्युबमा सार्वजनिक भएको भिडियोमा महादेव बनेका चरित्र र कमेडियन सीता न्यौपानेबीचको संवादमा दर्शकले आपत्ति जनाएका थिए । नयाँ भागको ट्रेलरमा भगवान शिवजी युवतीसँग मस्किएको र टिकटक बनाउने भनेपछि रोमान्टिक बनेको दृश्य थियो ।
ट्रेलर सार्वजनिक भएसँगै हिन्दूधर्मावलम्बीले कमेडीका नाममा भगवान शिवमाथि गरिएको मजाक स्वीकार्य नहुने भन्दै विरोध जनाएका थिए । यसैको प्रतिक्रिया स्वरुप माग्नेबूढाले आफूबाट अन्जानमा गल्ती भएको र ट्रेलर हटाइएको जानकारी गराएका हुन् ।नयाँ पुस्ताका कमेडियनको भिड भए पनि कार्यक्रम तुलनात्मक रुपमा नजमेको धेरैको टिप्पणी छ । बन्द हुने हल्लाबीच पनि कार्यक्रम भने चलिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया