शिक्षकबारे कविता लेख्दा ‘प्रकाश’ले डेढलाख बाँड्ने
काठमाडौँ- एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगितामा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिता जनाउनका लागि जुन कुनै कक्षामा अध्ययनरत् भएपनि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ भने १२ अध्ययनरत् विद्यार्थीले पनि सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले रु एकलाख पुरस्कार पाउने छन् भने द्वितीय हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् । नेपाली र अंग्रेजी दुबै भाषालाई मान्यता दिइएको कविताको लम्बाई १ देखि साढे एक मिनेटसम्मको हुनुपर्नेछ । सहभागीले कबिताको भिडियो आफै बनाएर उचबपकजतजभाष्mि २नmबष्।िअयm मा पठाउन सक्नेछन् । प्रतियोगिता साउन २० गतेबाट सुरु भई भदौ २० गते सम्म चल्नेछ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।
विकास सुवेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया