सिनेमा

सुटिङ गरेकै ठाउँका जनता ‘प्रकाश’का पहिला दर्शक

इकागज |
भदौ ६, २०७९ सोमबार १३:५५ बजे

काठमाडौँ -जुम्लाको भुगोल र चरित्रलाई पर्दामा कैद गरेको फिल्म ‘प्रकाश’ले यहीँका स्थानीयलाई फिल्म देखाउँदै आफ्नो प्रदर्शन यात्रा सुरु गरेको छ । अभिनेता प्रदीप खड्काले जुम्लाको तिर्खुका जनतासँगै बसेर फिल्म हेरेका थिए । 

‘प्रकाश’ निर्माण टिमले छायांकन गरेको ठाउँका मानिसलाई नै पहिलो दर्शक बनाउने अभिप्राय स्वरुप फिल्मको वल्र्ड प्रिमियर गरेको जनाएको छ । सिनेमा हल नभएको गाउँमा निर्माण टिमले प्रोजेक्टर आफैँले लिएर गएर फिल्म देखाएको हो । 


सरकारी शिक्षक बनाउने आमाको चाहाना पूरा गर्न प्रकाश नामको चरित्रले गर्ने संघर्षलाई फिल्मले मुख्य विषय वस्तु बनाएको छ । प्रदीपले यही नामको शीर्ष भूमिका निर्वाह गरेका हुन् । आइतबार भएको प्रिमियरमा प्रदीपलाई लेखक विकास सुवेदीले पनि साथ दिएका थिए । 

फिल्मले देशभरका हलमा भने आउँदो शुक्रबारबाट प्रदर्शन थाल्दैछ । फिल्ममा प्रदीपबाहेक रेनु योगी र दिया मास्के महत्वपूर्ण भूमिकामा रहेका छन् । महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x