सिनेमा

चलचित्र निर्माणमा क्षति भएको भन्दै विपिन कार्कीविरुद्ध उजुरी

इकागज |
भदौ १०, २०७९ शुक्रबार १३:१ बजे

फाइल तस्बिर

काठमाडौँ- अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ ।

प्रसादका निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निर्माणमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । 


प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङस्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।  

कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् । 


Author

थप समाचार
x