निर्देशक सुदर्शन थापा भन्छन् -अर्गानिक भन्दै शिक्षा\उपदेश दिने सिनेमाको मेकिङ कमजोर भयो
काठमाडौँ- निर्देशक सुदर्शन थापाले नेपाली सिनेमा मेकिङमा कमजोर भएकाले दर्शक हलमा बोलाउन नसकिएको बताएका छन् । आफू निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को प्रचारप्रसारका क्रममा उनले कथासँगै सिनेमाको मेकिङ राम्रो हुनुपर्ने बताएका हुन् । उनले भने,‘निर्देशकका रुपमा म कथासँगै सिनेमाको मेकिङ राम्रो हुनुपर्छ भन्ने मत राख्छु, यस सिनेमाको मेकिङ बलिउडका ए स्ट्यान्डर्डका हिट सिनेमा बराबर छ । बनाउन हामीले सक्दो मेहिनत गरेका छौं । कुनै कम्प्रमाइज छैन ।’
१७ भदौबाट ठूलो लगानीमा निर्माण भएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउँदैछ । यसको ९० प्रतिशतभन्दा धेरै सुटिङ बेलायतमा गरिएको छ । कबड्डीमा मुस्ताङका भीरपाखा नियालेका दर्शकले यसमा स्कटल्यान्डका भीर पाखा र लण्डन शहरका दृश्यहरु देख्न पाउनेछन् । ट्रेलर र सिनेमामा समावेश गीतहरुले राम्रै चर्चा पाइसकेका छन् ।
नेपाली सिनेमा जगतलाई एक स्टेप माथि लैजाने उद्देश्य बोकेर निर्माण गरिएको निर्देशक सुदर्शन थापाले बताएका छन् । ‘सिनेमा भनेको निर्देशकले भिजुअल्ली देखेको एउटा आर्ट हो । त्यसलाई पूरा गर्नका लागि निर्माताले पैसा खर्च गर्नुपर्ने हुन्छ ।हाम्रा निर्माताहरु यो सिनेमालाई चलनचल्तिका सिनेमाभन्दा एक स्टेपमाथि लैजानेमा स्पष्ट हुनुहुन्थ्यों, त्यसैले कुरा प्रतिफलको होइन, हामी कुन लेभलमा पुग्ने भन्ने हो ’ उनको भनाइ छ ।
त्रिकोणात्मक प्रेमकथामा धेरै सिनेमा बनिसकेका छन्, यो सिनेमा किन हेर्ने रु जवाफमा निर्देशक थापा भन्छन्, ‘कुनै कन्टेन्ट कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला । त्यो व्यक्तिगत रोजाइको विषय हो । तर, हामीले अर्गानिक भन्दै शिक्षा दिने, उपदेश दिने सिनेमा बनाएपनि मेकिङ पार्टलाई बेवास्ता गर्दै आएका छौं, यो नै दर्शकले सबैभन्दा धेरै ख्याल गर्ने कुरा हो । त्रिकोणात्मक प्रेमकथा हुँदाहुँदै पनि यो मेकिङ र क्वालिटीवाईज यसको लेभल निकै हाई छ । यदि तपाईको उद्देश्य हलभित्र छिरेपछि तीनघण्टासम्म कुर्सीमा बसेर कम्प्लिट इन्टरटेनमेन्ट गर्ने हो भने सम्हालिन्छ कहिले मन हेर्दा त्यो इच्छा पूरा हुनेछ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया