सिनेमा

हलमा सो नपाएपछि एलइडीमा फिल्म देखाउने प्रदीपको चेतावनी

इकागज |
भदौ १०, २०७९ शुक्रबार १३:३२ बजे

काठमाडौँ - सिनेमा हलले आफ्नो फिल्मलाई पर्याप्त सो नदिएको भन्दै प्रदीप खड्का सिनेमा हलसँग आक्रोसित भएका छन् । उनले दुई तीन वटा पर्दा भएका ठाउँमा पनि आफू अभीनित फिल्म ‘प्रकाश’लाई पर्याप्त सो नदिएको भन्दै गुनासो गरेका हुन् ।

‘प्रिमियरमा हेर्न नपाउनु भएका मान्छेले फिल्म कहाँ छ हेर्नुपर्यो भनेर सोधिरहनु भएको छ । सहरमा अनुकल समयमा कहिँ पनि सो छैन,’ उनको भनाइ छ । 
उनले यसैगरी हलले सो दिने हो भने हलमा प्रोजेक्टर लगाएर फिल्म देखाउने चेतावनी दिएका छन् ।


‘जुम्लामा जसरी हामीले विनापैसा फिल्म देखायौँ काठमाडौँमा पनि देखाउन सुरु गरौँ त ?’ उनले प्रश्न गर्दै भने, ‘हामीले प्रमोसनका लागि ९ वटा एलइडी हायर गरेका छौँ । त्यो एलइडीमा फिल्म लगाइदिऔँ त । त्यसै पनि हाम्रो लगानी ८० प्रतिशत सुरक्षित भइसकेको छ । बाँकी च्यारिटी गरेर उठाउँछु । अब त्यो एलइडीमा फिल्म हाल्दिउँ त ।’

आजबाट प्रदर्शन थालेको फिल्मले देशभरी नै कम सो पाएको छ । तर वितरकका अनुसार फिल्मले बिहानी सोमा १५–२० प्रतिशतको अकुपेन्सीका साथ प्रदर्शन थालेको छ । फिल्मले दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथा र कलाकारको काम तारिफ योग्य भए पनि फिल्म लेखनमा कमजोर रहेको धेरैको प्रतिक्रिया छ । 


Author

थप समाचार
x