मानव तस्करीमा नाम जोडिएका आर्यन सिग्देल भन्छन् –मैले फिल्म साइन गरेको हो बाँकी कुरा थाहा छैन
काठमाडौँ - नर्वेमा सुटिङ गर्ने भन्दै मानव तस्करी गर्न लागेको फिल्ममा अनुबन्ध भएका आर्यन सिग्देलले आफूले कलाकारको रुपमा फिल्म साइन गरेको भए पनि बाँकी कुराका सम्बन्धमा जानकार नरहेको बताएका छन् । समाचारमाध्यममा समाचार सार्वजनिक भएको १ दिनपछि औपचारिक प्रतिक्रिया दिँदै आर्यनले आफूले ‘ब्लु बर्ड एचडी’ नामको कम्पनीबाट बन्न लागेको चलचित्र खेल्ने सम्झौता गरेको तर यसको उद्देश्य अरु नै रहेको भन्ने विषयमा आफूलाई थाहा नभएको बताएका हुन् ।
फेसबुकमा औपचारिक धारणा राख्दै उनले लेखेका छन्, ‘आरोपित कम्पनीले निर्माण गर्ने भनिएको चलचित्रमा मैले कलाकारको रुपमा सम्झौता गरेको थिएँ, बाँकी उक्त कम्पनीले नक्कली कागजात बनाएको विषयमा मलाई कुनै जानकारी छैन । यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन । यस विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गरिरहेको जानकारी पाएको छु । चाँडै नै सत्य तथ्य कुराको जानकारी आउने कुरामा विश्वस्त छु ।'
उनले आफू गैरकानुनी क्रियाकलापमा लाग्नेलाई कारबाहीको पक्षमा रहेको पनि जानकारी गराएका छन् । ‘ब्लु बर्ड एचडी’ले आर्यन सिग्देलसँगै केकी अधिकारीलाई पनि अनुबन्ध गरेर बाँकी भने गैर फिल्मकर्मी लैजान लागेको आरोप छ । आर्यनसँगै एउटा म्युजिक भिडियो बनाएका रोशन पराजुली यो गैरकानुनीको कामको सूत्रकर्ता रहेको अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया