सिनेमा

हलले अन्याय गरेको भन्दै ‘राधा’ हलबाट उतार्ने निर्देशक सुवर्ण थापाको घोषणा

इकागज |
भदौ १४, २०७९ मंगलबार १४:३३ बजे

काठमाडौँ - निर्माता तथा निर्देशक सुवर्ण थापाले हलमा चलिरहेको फिल्म ‘राधा’ उतार्ने घोषणा गरेका छन् । उनले फिल्म अपेक्षित दर्शकसम्म नपुगेको र वितरकबाट सहयोग पनि नपाएको भन्दै नयाँ शैलीमा पुन ः रिलिज गर्ने गरी अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गर्न लागेको बताएका हुन् । 

‘हामीले फिल्म चलिरहेको कुरा दर्शकसम्म पुर्याउनै सकेनौँ । यसमा केही कमजोरी निर्माताको तर्फबाट पनि भयो होला केही कमजोरी वितरकका पनि छन् । जिल्लातिर फिल्मको पोस्टर पनि पुगेको छैन । यो रिलिज मोडलले काम नगरेको निष्कर्षसहित हामीले अहिलेलाई फिल्म निकाल्ने निर्णय गरेका हौँ,’ निर्देशक सुवर्ण थापाले भने । 


यो फिल्ममा रंगमञ्च पृष्ठभूमिका कलाकारको बाहुल्य थियो । फिल्ममा सौगात, मल्ल, सृष्टि श्रेष्ठ र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् भने निश्चल बस्नेत, दयाहाङ राई, दिव्य देव आदि कलाकार अतिथि भूमिकामा छन् । फिल्ममा बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखक आदि कलाकारको पनि अभिनय रहेको छ ।
फिल्ममा महिलाको सहनशील क्षमतालाई केन्द्रमा राखेर कथा वाचन गरेको छ । फिल्ममा सृष्टिले पतिको पर्खाइमा रहेकी श्रीमतीको भूमिकालाई जिवन्त बनाएको प्रतिक्रिया पाएकी थिइन् । 


Author

थप समाचार
x