ऐना झ्यालको पुतली हेरेपछि मेयर लामाले भनिन् : नेपाली समाजको जीवन्त चित्रण रहेछ
मकवानपुर । नेपाली कथानक चलचित्र “ऐना झ्यालको पुतली” हेटौंडामा प्रिमियर शो गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले चलचित्र हेरिसकेपछि यसको विषय वस्तुले मन छोएको प्रतिक्रिया दिइन् ।
“नेपाली समाजको जीवन्त चित्रण रहेछ”लामाले भनिन् “गरिबीको कथा सबै जसो घरघरको कथा हो ।” हेटौंडा निवासी सुजित विडारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको एनएसस सिनेमा हलमा प्रिमियर शो गरिएको हो ।
कार्यक्रममा चलचित्रकी कलाकार नायिका सिरु विष्ठले आफूले काम गरेको मध्ये उत्कृष्ट कथावस्तु र परिवेश चलचित्रमा रहेको बताइन् । सबैजनाले मेहनत गरेका छौं चलचित्र हेरेर साथ र हौसला बढाइदिनु हुन आग्रह गरेकी छिन् । आफ्नो बालापनको कथावस्तुलाई चलचित्रमा उठान गरिएको निर्देशक विडारीले बताए । “पहिलो पटक चलचित्र निर्माणले सबैको माया र साथ पाएको छु अब दर्शकले चलचित्र हेरेर साथ दिनुहुने छ भन्ने विश्वास छ” उनले भने ।
विडारीको निर्देशनमा बनेको चलचित्रमा सिरु विष्ठ, कन्चन चिमोरिया, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बु, उमेश श्रेष्ठ, विशा चाम्लिङ राई, मल्लिका श्रेष्ठ, राज थापा, पदमप्रसाद पौडेल लगायतको कलाकारहरुको अभिनय रहेको छ । ऐना झ्यालको पुतली चलचित्र आगामी भाद्र २४ गते देशभर प्रदर्शन हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया