सृष्टिको ‘राधा’ अमेरिकाको तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा
काठमाडौँ - हलले सो बाँडफाँडमा अन्याय गरेको भन्दै हलबाट उतारिएको ‘राधा’ अमेरिकाको तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छनौट भएको छ । निर्देशक सुवर्ण थापाले शनिबार बिहान मात्र आफूले फिल्म छनौट भएको जानकारी पाएको बताएका छन् । ११ दिनसम्म चल्ने फेस्टिभल नोभेम्बर ३ मा सुरु भएर १३ सम्म चल्नेछ ।
सुवर्णले फिल्म नोभेम्बर ५ तारिखमा प्रदर्शन हुने र प्रदर्शनपछि हुने अन्तक्र्रियामा सहभागी हनु निम्तो आएको जानकारी गराएका छन् । बेपत्ता श्रीमान्को पर्खाइमा रहेकी ‘राधा’ले त्यो क्रममा झेल्नुपर्ने अनेक झन्झटलाई फिल्मले प्रस्तुत गरेको छ । शीर्ष भूमिकामा सृष्टि श्रेष्ठले त्यो भूमिकालाई जीवन्त तुल्याएको प्रतिक्रिया पाएकी थिइन् । फिल्ममा सौगात मल्ल र खगेन्द्र लामिछाने पनि महत्वपूर्ण भूमिकामा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया