सिनेमा

कला तथा भेषभुषा निर्देशक उद्धव भट्टराई (जुँगे)को निधन

इकागज |
भदौ १८, २०७९ शनिबार १५:४४ बजे

काठमाडौँ -  ४० वर्षभन्दा ज्यादा समयदेखि नेपाली सिनेमामा कला एवं भेषभुषाको काम सम्हाल्दै आएका उद्धव भट्टराई (जुँगे)को शुक्रबार निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बैतडीबाट उपचारका लागि काठमाडौँ आइरहँदा उनको बाटैमा मृत्यु भएको हो । बैतडी घर भएका उनी शुक्रबार उपचारका सिलसिलामा काठमाडौँ आउँदै थिए ।

भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए । करिष्मा मानन्धरदेखि गौरी मल्लसम्म जन्माउने ‘सन्तान’बाट भेषभुषा विधाबाट  थालेका उनले पछि कला निर्देशनको काम पनि गर्ने गरेका थिए । उनले पछिल्लो समय कला निर्देशन गरेको फिल्म ‘मेरी मामु’ थियो ।  सधैँ लामो जुँगामा देखिने भट्टराईले जुँगा पाल्ने गरेकै कारण ‘जुँगे’ उपनाम पाएका थिए । 



Author

थप समाचार
x