सरकारले क्षणिक लाभ लिने कुरा मात्रै सोचेको छः मदनकृष्ण श्रेष्ठ
फाइल तस्बिर
काठमाडौँ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको जिकिर गरे । उनले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशीएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए ।
श्रेष्ठले सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशीएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने उल्लेख गरे । उनले नेपालबाट विदेश जाने अर्बौं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृति सुधार हुने विश्वास व्यक्त गरे । उनले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री विस्थापित गर्न आवश्यक रहेको बताए ।
कलाकार श्रेष्ठले देशले निर्यात गरेर कमाउने कुनै पनि श्रोतहरू नदेख्दा भावी सन्ततीले के गर्लान् भन्ने चिन्ता लागेको सुनाए । उनले देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने आफ्नो चाहना रहेको पनि जिकिर गरे ।
वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भएपनि प्रगति गरेको छ भन्न सक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारीसाधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया