‘बलिउड लेभल’माथि नेपाली स्वाद हाबी
काठमाडौँ - फिल्म रिलिज अघि निर्देशक सुदर्शन थापाले आफू निर्देशित ‘सम्हालिन्छ कहिले मन’को प्रेस मिटमा बोल्दै आफूले बलिउड लेभलको फिल्म बनाएको दाबी गरेका थिए । यसअघि प्रदर्शन भएका फिल्मलाई घोचपेच गर्दै उनले फिल्ममा कथा मात्र भएर नहुने मेकिङ पनि चाहिने भन्दै आफ्नो फिल्मले मेकिङमा बलिउडलाई टक्कर दिने दाबी गरेका थिए ।
तर फिल्म प्रदर्शनसँगै उनको बलिउड लेभललाई दर्शकले खासै पत्याएका छैनन् । बराबर सोसँगै रिलिज भएको ‘झिँगेदाउ’ले सो र अकुपेन्सी बढाइरहँदा थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ को भने सो र अकुपेन्सी घट्दो क्रममा छ । सुदर्शन थापा निर्देशित कस्मेटिक प्रेमकथामाथि ‘झिंगेदाउ’को मौलिक कथाले दर्शक रिझिइरहेका छन् । ‘सम्हालिन्छ कहिले मन’ लाई बलिउड फिल्म ‘कल हो ना हो’बाट प्रभावित भएको आरोप पनि लागिरहेको छ ।
एक वितरकका अनुसार पहिलो दिनदेखि नै ‘झिंगेदाउ’ले बक्स अफिसमा लिड लिएको थियो । कम पर्दासहित सुरुवात गरेको फिल्मले अहिले सो संख्या बढाएको छ र सामाजिक सञ्जालमा फिल्मले हँसाउने र रुवाउने दुवै काम गरेको प्रतिक्रिया आइरहेका छन् ।
फिल्म चलेपछि हलबाट कलाकारको माग आइरहेको छ । यही कारण आँचल सोमबार चितवनका हलमा दर्शकसँग अन्तक्र्रिया गर्न गइरहेकी छिन् भने बुटबलमा पनि माग रहेको उनको भनाइ छ । यसैगरी केकी अधिकारी र बाँकी कलाकार भने काठमाडौँका हलमा घुमिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया