सिनेमा

बाराक ओबामाले जिते एम्मी अवार्ड

इकागज |
भदौ २०, २०७९ सोमबार १४:१३ बजे

काठमाडौँ - फिल्म, डकुमेन्ट्री तथा टेलिभिजनका कलाकार तथा प्राविधिकलाई प्रदान गरिने एम्मी अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले जितेका छन् । उनले शनिबार सम्पन्न समारोहमा नेटफ्लिक्सको सिरिजका लागि गरेको भ्वाइस ओभरका लागि एम्मी जितेका हुन् ।

बाराक ओबामाकै निर्माण कम्पनी  ‘हाइअर ग्राउन्ड’ले निर्माण गरेको डकुमेन्ट्री ‘आवर ग्रेट नेसनल पार्क’मा गरेको भ्वाइस ओभरका लागि ओबामालाई उत्कृष्ट ठहराइएको हो । 


यसरी एम्मी जित्ने ओबामा दोस्रो राष्ट्रपति हुन् । यसअघि सन् १९५६ मा ड्वाइट डी इसनआवरले यो एम्मी जितेका थिए । बाराक ओबामाले भने यसअघि पनि एम्मी घर लग्ने मौका पाइसकेका छन् । आफ्नै आत्मकथा ‘अडासिटी अफ होप’लाई अडियो बुकमा रुपान्तरण गर्दा आफ्नो आवाज दिएका थिए । उनले उसबेला दिएको आवाजले पनि एम्मी जितेको थियो ।


Author

थप समाचार
x