के त्रिशाला गुरुङलाई ‘स्टुडेन्ड अफ दि इयर’मा अनन्या पाण्डेको भूमिका अफर गरिएको थियो ?
काठमाडौँ - गायिका त्रिशाला गुरुङ केही दिनदेखि संगीतकार रोहित शाक्यसँगको प्रेम सम्बन्धलाई लिएर चर्चामा छिन् । सामाजिक सञ्जालमा प्रेमिल स्ट्याटस लेख्दै त्रिशालाले रोहितसँगको प्रेमलाई सकारेकी थिइन् । तर समाचार यो कुरा आउन थालेपछि त्रिशालाले बोली परिवर्तन गरेकी छिन् । उनले सोमबार भएको एउटा सांगीतिक कार्यक्रमको सिलसिलामा भएको प्रेस मिटमा पत्रकारलाई प्रेमको कुरा झुटा रहेको र घरमा टन्नै गाली खाएको बताएकी थिइन् ।
तर प्रेसमिटमै पत्रकारले उनलाई राम्री भएकाले फिल्म खेल्ने अफर आएका छैनन् ? भनी सोधेका थिए । जवाफमा त्रिशालाले फिल्मका लाथि थुप्रै अफर आए पनि पढाइका कारण अभियन गर्ने बारे नसोचेको जवाफ दिएकी थिइन् । त्रिशालाले आफूलाई अभिनेत्रीका लागि योग्य देखेकोमा धन्यवाद भन्दा भन्दै बलिउड फिल्म ‘स्टुडेन्ट अफ दि इयर’को दोस्रो भागका लागि अफर आए पनि आफूले त्यसमा रुचि नदिएको बताएकी थिइन् ।
‘फिल्म त मलाई टन्नै अफर आइरहेको हुन्छ तर मैले पढाइका कारण गीत पनि राम्ररी निकाल्न पाएको छैन । बल्ल निकाल्न लाग्दैछु । मलाई स्टुडेन्ड अफ दि इयरमा पनि अनन्या पाण्डेले गरेको रोलका लागि अडिसन गर्न भनेको थियो तर पढाइकै कारण गरिनँ,’ उनले भनेकी छिन् । कभर गीत गाउँदै सांगीतिक दुनियाँमा प्रवेश गरेकी त्रिशाला पेशाले डाक्टर हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया