‘झिंगेदाउ’ वर्षौँपछि नेपाली सिनेमाले पाएको ‘क्लिन हिट’
काठमाडौँ -भदौ १७ मा रिलिज भएको ‘झिँगेदाइ’ले अहिले हलमा दर्शक हँसाइरहेको छ । अन्त्यतिर केही दर्शक भावुक पनि होलान् भनर तीन चौथाइ समय यसले हँसाउँछ । तर दर्शक हँसाइरहेको यो फिल्मले अहिले हल सञ्चालक र वितरकलाई चकित पारिरहेको छ ।
सीमित पर्दाबाट प्रदर्शन यात्रा सुरु गरेको यो फिल्मले अहिले सो संख्या दोब्बर पारेको छ भने आइतबारदेखि बिहीबारसम्मलाई भनिने विकडेजमा पनि हाउसफुलको व्यापार गरिरहेको छ । वितरकका तथा हल सञ्चालकका अनुसार ‘कबड्डी ४’ यसरी बेलाकुबेला पनि दर्शक ल्याएको यही फिल्मले हो ।
फिल्मको भाषामा ‘हिट’ भनिने फिल्मको कुरा गर्दा केही वर्षयता पहिलो शृंखलालाई दोहन गर्दै बनाएका फिल्मको मात्र नाम आउँछ । ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’, ‘नाइँ नभन्नू ल’, ‘कबड्डी’ ‘जात्रा’ यी जति पनि फिल्म छन् नाम दोहोर्याएका कारण हिट छन् । महामारीअघि रिलिज भएर कमाएको ‘छ माया छपक्कै’ मात्र यस्तो फिल्म थियो जसले ‘छक्का पञ्जा’ नाम नराख्दा पनि पैसा कमाएको थियो ।
यही कुरा ‘शत्रु गते’ फिल्ममा पनि लागू हुन्छ । यी फिल्मको व्यापार राम्रो थियो र नाम पनि फरक थियो तर यिनमा ‘छक्का पञ्जा’का कलाकारको पनि संलग्नता थियो । तर निर्देशकदेखि कलाकारसम्म कसैको पनि सोलो हिटको ट्रयाक रेकर्ड नहुँदा पनि ‘झिंगेदाउ’ मात्र यस्तो फिल्म बनेको छ जसले बक्स अफिसबाटै आफ्नो लगानी सुरक्षित गर्ने बाटो समातेको छ ।
डेढ करोड लगानीमा बनेको फिल्मले पहिलो हप्ता साढे दुई करोड हाराहारी ग्रस गरेको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । यो ग्रसबाट निर्माताको भागमा ७०–७५ लाख पर्न आउँछ । तर दोस्रो हप्तामा फिल्मले थप सो पाएको छ र थप पिकअप लिएको छ । यति मात्र हैन असोज ७ मा ‘प्रेमगीत ३’ नआउँदासम्म नेपाली वा हिन्दी फिल्मको थ्रेट पनि छैन यो फिल्मलाई । त्यसैले यसको व्यापार थोरै ड्रप हुँदा पनि अरु डेढ दुई करोड फिल्मले ग्रस गर्ने आँकलन गर्न सकिन्छ । यस हिसाबले फिल्मले हलबाट लगानी सुरक्षित गरेको छ ।
यो फिल्मलाई ‘क्लिन हिट’ मान्न सकिने यसको अर्को आधार यसमा कुनै पनि ठूला स्टार थिएनन् । यो फिल्म नै केकी अधिकारी र आँचल शर्माले बोकेका छन् । दुई हिरो नभएका होइनन् तर यसमा पनि कुशल बिष्टको डेब्यू हो भने मुकुन भुसाल ‘बुलबुल’मा रुचाएका हुन् तर उत्पात फ्यान फ्लोइङ भएका चकलेटी हिरो होइनन् । कुशल अभिनेता हुन् । यसले यो फिल्म केकी र आँचलको पनि जीवनको पहिलो ‘क्लिन’ हिट हो । दुवैले अभिनय गरेको केही फिल्मले निर्माताको पैसा फिर्ता गराएका होलान् तर क्रेडिट पनि पाउने र पैसा पनि कमाउने फिल्म उनीहरूको भागमा थिएनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया