सिनेमा

फ्रेन्च न्यू वेभका प्रणेता निर्देशक जाँ लुक गोडार्डको निधन

इकागज |
भदौ २८, २०७९ मंगलबार १५:१४ बजे

फ्रान्सेली फिल्म निर्देशक जाँ लुक गोडार्डको ९१ वर्षको उमेरमा निधन भएको छ । फ्रान्सेली पत्रिकाले उनका नातेदारलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार मंगलबार उनको निधन भएको हो । फ्रेन्च न्यू वेभका प्रणेता मानिने विश्व प्रसिद्ध गोडार्डका ‘ब्रेथलेस ’ र ‘कन्टेम्प्ट’ जस्ता सिनेमा बनाएका छन् । 


फ्रान्समा ६० को दशकमा फिल्म समीक्षा गर्दागर्दै निर्देशनमा होमिएका गोडार्डलाई सिनेमामा जम्पकट, ह्यान्डहेल्ड क्यामरा वर्क र अस्तित्ववादी संवादका प्रणेता मानिन्छ । 


सन् १९३० मा फ्रान्को स्वीस परिवारमा जन्मिएका गोडार्डलाई मार्टिन स्करसी, क्वान्टिन टेरेन्टिना आदिले आफ्नो आदर्श मान्ने गरेका थिए । उनका फिल्म बनाउन ‘बन्दुक र केटी भए पुग्छ’ देखि सिनेमामा आदि मध्य र अन्त्य चाहिन्छ तर त्यो ठीक यही ठाउँमा हुनुपर्छ भन्ने नभएको आदि भनाइ चर्चित थिए । 
 


Author

थप समाचार
x