सिनेमा

चेतन राईले अस्मिता अधिकारीलाई भने, ‘तिमी धून बन, म गीत गाउँछु’

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १६:१४ बजे

काठमाडौँ -  गायक तथा संगीतकार चेतन राईको गीत ‘तिमी धून बन, म गीत गाउँछु’ सार्वजनिक भएको छ । गीतमा उनीसँगै अस्मिता अधिकारीको आवाज छ । यो गीतको रचना र संगीत समेत राईकै हो । यो गीतको भिडियोमा सागर खनाल र प्रियंका चौधरीको अभिनय छ । राईको आफ्नै सेकाई इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको भिडियोको छायांकन सम्पादन र निर्देशन फराज अर्पनले गरेका हुन् । 

गायक राईको जन्म सल्यान जिल्लामा भएको हो । उनी पप तथा आधुनिक विधाका गीत गाउँछन् । उनको पहिलो एल्बम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एल्बमले दर्शक श्रोतामाझ उहाँलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एल्बम ‘साउन्ड’ आयो ।


वैदेशिक रोजगारीको सिलसिलामा जापान पगेका राई त्यहाँ रहँदासमेत गीत संगीत क्षेत्रमा सक्रिय छन् । फलस्वरुप सन् २०२१ मा तेस्रो एल्बम ‘स्टेप’मार्फत विभिन्न गीत सार्वजनिक गरे । यो गीत चौथो एल्बम ‘स्टेज’मा समावेश हुनेछ ।रिलिज भएको नयाँ गीत सेकाई इन्टरटेन्मेन्टको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

 


Author

थप समाचार
x