भुवन केसीको राजीनामा माग्दै प्रदीप खड्काले भने–पढाइ भनेको पढाइ हुँदो रहेछ
काठमाडौँ - काठमाडौँमा टिमसहित पत्रकार सम्मेलनमा उपस्थिति हुँदै ‘प्रेमगीत ३’ टिमले चलचित्र विकास बोर्ड र अध्यक्ष भुवन केसीप्रति आक्रोस व्यक्त गरेको छ । निर्माण टिमले महामारीको समयमा नेपाललाई नै गौरवान्वित गर्ने गरी विश्वभर सिनेमा रिलिज भइरहँदा देशकै अभिभावक संस्थाबाट भने साथ नपाएको गुनासो गरेको थियो । कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले आफूहरूलाई रोक्न नै विकास बोर्डले ११ बजेभन्दा पछाडि फिल्म रिलिज गर्न नपाइने नियम लागू गरेको बताएका थिए ।
‘छेतन दाइले १० वर्षपछि यो फिल्म बनाउने हो भनेर भनिरहँदा सन्तोष दाइले आजै किन यो फिल्म नबनाउने भनेर फिल्म बनाइयो तर आज रिलिजको संघारमा आएर सन्तोष दाइ खुसी हुनुहुन्न,’ उनले थपे, ‘दुई दिन अघि चलचित्र विकास बोर्डले एउटा विज्ञप्ति जारी गर्यो जसमा ११ बजेपछि हलमा फिल्म नचलाउने भनेर भनिएको छ । तर साउन वा भदौमा आउने पर्ने नोटिस ठ्याक्क प्रेमगीत चल्ने बेलामा आयो । रक्सी बिक्रि गरेर रातभर चल्ने क्लबमा चाहिँ केही नहुने तर कफी खाएर फिल्म हेर्ने ठाउँमा चाहिँ के के न हुने जस्तो किन बन्द गर्ने हो मैले बुझेको छैन । प्रकाशको बेलामा पनि यस्तै भएको थियो । अहिले पनि त्यस्तै भएको छ । यसले मलाई मैमाथि प्रहार भइरहेको छ कि भन्ने लागेको छ।’
उनले भुवन केसीमाथि शैक्षिक योग्यताको कुरालाई लिएर परेको मुद्दालाई उल्लेख गर्दै बोर्ड अध्यक्ष भुवन केसीले यसरी नेपाली फिल्मको विकास रोक्नुभन्दा राजीनामा दिन उचित भएको धारणा राखेका थिए । प्रदीपले पत्रकार सम्मेलनमा धारावाहिक रुपमा बोल्दै केही दिनअघि बोर्डबाट गरिएको सम्मान पनि १५ प्रतिशत तिर्ने खुसीमा गरिएको सम्मान जस्तो लागेको पनि बताएका थिए ।
उनले निर्माता संघप्रति पनि आक्रोश व्यक्त गर्दै नेपाली फिल्मलाई हिन्दी सरह कर तिर्नुपर्छ भन्दै सूचना जारी गरेको बताएका थिए ।‘अब हामीलाई मार्का पर्र्यो भनेर निर्माता संघ जाउँ भन्यो भने पनि संघले हामीलाई देशद्रोही करार गरेको छ । यस्तै व्यवहार रहने हो भने अर्को निर्माता संघ पनि खोल्न मिल्छ । खोल्ने बाध्यता आइपर्न सक्छ ’उनको भनाइ थियो ।उनले पुनः भुवन केसीलाई व्यंग्य गर्दै पढाइभन्दा पनि अनुभव ठूलो हो भन्ने लागिरहेको भए पनि त्यो नदेखिएकाले भुवन केसीले राजीनामा दिन उचित हुने सुझाव दिएका थिए ।
कार्यक्रममा निर्माता तथा निर्देशक सन्तोष सेनले दर्शकको साथ रहे पनि फिल्मकर्मी र संघसंस्थाबाट भने सहयोग नपाएको गुनासो गरेका थिए ।
सेनले आफूहरूको सिर्जना दबाउनपर्छ भन्ने मनसायले राजनीति भइरहेको गुनासो गरेका थिए । ‘प्रेमगीत ३’ असोज ७ बाट सार्वजनिक प्रदर्शन हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया