सिनेमा

चलचित्र निर्देशक श्रेष्ठलाई सुप्रवल जनसेवा श्री पदक

इकागज |
असोज ४, २०७९ मंगलबार १४:३७ बजे

काठमाडौँ- चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठलाई सुप्रवल जनसेवाश्रीबाट विभूषित गरिने भएको छ । सरकारले सोमबार संविधान दिवसका अवसरमा गरेको घोषणाअनुसार फिल्म क्षेत्रमा दिएको योगदानका लागि उनलाई विभुषित गरिन लागेको हो ।

व्यास नगरपालिका वडा नं ११ स्थित धरमपानीका स्थायी बासिन्दा चलचित्र निर्देशक श्रेष्ठले दर्जन बढी सिनेमाको निर्देशन गरेका छन् । 'जीवनरेखा'बाट निर्देशन सुरु गरेको श्रेष्ठले दुई दशक लामो निर्देशन यात्रामा  'अजम्बरी नाता' , 'दुई पल', 'डर' , 'भगवान सबैको', 'सपना' लगायतका एक दर्जन भन्दा चलचित्रको निर्देशन गरेका छन् । निर्देशक श्रेष्ठले ऐतिहासिक टेलिश्रृङखला पृथ्वीनारायण शाहको समेत निर्देशन गरेका थिए।


श्रेष्ठले बलिउड चलचित्र 'बेकाबू' र 'लभ इन नेपाल'मा पनि मुख्य सहायक  निर्देशककाे जिम्मेवारी सम्हालेका थिए । 

श्रेष्ठले सेभ वागतमी वृतचित्रको निर्देशन गर्नुको साथै झण्डै दुई दर्जन नेपाली चलचित्रको सह—निर्देशन समेत गरेका छन् । ​सुप्रवल जनसेवाश्री पदकबाट विभूषित श्रेष्ठले सरकारको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् ।   


Author

थप समाचार
x