‘२ नम्बरी’का निर्माताले प्राविधिकलाई बोनस दिने
काठमाडौँ- बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको ‘२ नम्बरी’ ले प्राविधिकलाई बोनस बाँड्ने घोषणा गरेको छ । निर्माता किरण नेपालीले पहिलो हप्ता नपुग्दै आफूहरूको लगानी सुरक्षित भइसकेकाले नाफाको केही अंश प्राविधिकलाई खर्चने निर्णय गरेको बताएका छन् ।
उनले भने–‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकलाई हामी बोनस दिन्छौं । फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’बोनस कति दिने भन्ने अहिले पक्का नभएको उनले बताए । फिल्मले गर्ने लाइफ टाइम कलेक्सनको आधारमा बोनस दिने उनले बताए ।
नेपालमा फिल्म हिट भएपछि निक्कै कम मात्र मेकरले प्राविधिकहरुलाई बोनस दिएका उदाहरण छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ । फिल्मले पहिलो हप्ता ४ करोड ग्रस गरेको अनुमान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया