सिनेमा

अभिनेता अनुप भन्छन् -हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ

इकागज |
असोज ३१, २०७९ सोमबार १२:३६ बजे

काठमाडौँ- नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ ।

हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न काम गरिरहे तापनि दर्शकले अन्य भूमिकामा भन्दा उनीहरुलाई भिलेनमा रुचाए । अनुप समय बित्दै जाँदा हिरो र भिलेनको भिन्नता हट्दै गएको बताउँछन् । 'अहिले सहजै कलाकार मान्नुहुन्छ । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थेँ', अभिनेता अनुप विक्रम शाही भन्छन् ।


‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता अनुपले सकारात्मक भूमिका कमै मात्र निर्वाह गर्ने मौका पाएका छन् । मोडलिङ हुँदै अभिनेता बनेको प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहार भित्र पर्छन् ।

‘ऐश्वर्य’ मा निर्वाह गरेको भूमिकापश्चात् प्रशान्तले भिलेनकै भूमिका मात्र अफर पाइरहेका छन् । 'मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिँन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ', अभिनेता ताम्राकार भन्छन् ।


Author

थप समाचार
x